राष्ट्रपति पौडेल सेनाको हेलिकप्टर लिएर आज भूकम्प प्रभावित जिल्ला जाने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित जिल्लाहरुमा जाने भएका छन्।

पौडेल बिहान जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

भूकम्पपछिको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरबाट उनी जाजरकोट र रूकुम पश्चिम जान लागेका हुन्।

गत शुक्रबार राति जाजरकोट केन्द्र भएर भूकम्प जाँदा जनधनको क्षति भएको थियो। भुकम्पकै कारण राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि हुने युरोप भ्रमण स्थगित गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट