सौतेनी आमा र मामा मिलेर किशोरीको हत्या, चिहानमा भेटियो शव
काठमाडौं– सर्लाहीमा किशोरीको हत्या आरोपमा सौतेनी आमासहित तीनजना पक्राउ परेका छन्।
हरिवन नगरपालिका–११, बालगंगाकी १७ वर्षीया तबसुन खातुनको हत्या गरेको आरोपमा शुक्रबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकका मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीका छोरा २४ वर्षीय शेख असजद रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गएको कात्तिक २६ गते परिवारका सदस्य मिलेर तबसुनको हत्या गरेको र शवलाई बालगंगास्थित चिहानमा गाडेको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यसपछि घटना अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय हरिवनबाट टोली खटिएको थियो। सोही प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया