पति गुमाएको २५ वर्षपछि ३ सन्तानका पितासँग विवाह, छोरीले अन्माएर पठाईन

राजविराज– विवाह गरेको चार वर्ष र आफनो उमेर जम्माजम्मी २० वर्ष हुँदा श्रीमानको साथ गुमाएकी सर्लाहीको बागमती नगरपालिका–६ (तत्कालीन राजघाट गाउँ विकास समिति) की अम्बिका पोखरेल कार्कीले एक्लो जिवन जिउन थालेको २५ वर्षपछि सहयात्री भेटेकी छिन्।

नेपाल प्रहरीमा कार्यरत श्रीमान ओम कार्कीको माओवादी द्वन्द्वमा ( २०५६ वैशाख १९ गते) परी मृत्यु भएपछि उनले एक्लै जिवन धानिरहेकी थिईन। पिताको मृत्यु हुँदा छोरी अर्पणा मात्र १ वर्षकी थिईन। अम्विकाले छोरीकै लागि जिवन यात्रा अघि वढाउने निधो गरिन।

विस्तारै अर्पणा वढ्दै गईन। बुबाको मृत्यु भएको थाहा पाउँदै उनी निकै ठुली भईसकेकी थिईन। समयको चत्र घुम्दै गयो, अर्पणाको विवाहको समय भयो। अन्ततः ०७९ वैशाख २१ गते छोरीको विवाह पनि गरिदिईन। अव त उनको जिवन नितान्त एक्लो भयो। बाँकी उमेरमा साथीको आवश्यकता महसुस गरेकै बेला परिवारिक स्रोतबाट विवाहका लागि एक जना व्यक्तिको कुरा आयो।

बुटवल, मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहेका तीन छोरीका पिता कुञ्जरमणि ज्ञवालीले विवाहको प्रश्ताव पठाए। तीन वर्षअघि कोभिड–१९ को कहरमा पत्नी गुमाएर बसेका ज्ञवालीसँग विवाह गर्न माईती पक्ष चितवनको माडीबाट नै प्रस्ताव आएपछि उनी सोच्न बाध्य भईन।

तर, उनलाई दोमन भयो। उनले सवै जिम्मा छोरीज्वाईलाई सुम्पिईन। आफन्तले सबै पक्ष विचार गरेरै प्रस्ताव अघि बढाएका कारण अम्बिका र कुञ्जरसामाजिक सञ्जाल फेसबुकमा जोडिए। कुराकानी बाक्लिँदै गयो। दुवैले एकअर्काको भावना गहिरोसँग बुझे।

दुवै सम्बन्धनको रिक्तता दोस्रो इनिङमार्फत् पूर्ति गर्न राजी भए। त्यसपछि विवाहको छिनोफानो गर्ने जिम्मा छोरीज्वाइँलाई दिईयो। त्यसपछि अर्पणाकै सकृयतामा अम्विकाले २५ वर्षको एक्लो जीवन यात्रा टुंग्याएर नयाँ यात्रा सुरु गरिन।

लामो अन्तरालपछि सहयात्राको हात पाउँदा अम्बिका पुलकित छिन्। सिउँदोमा बिहेको सिन्दुर परेलगत्तै उनले सामाजिक सञ्जालमा खुसी बाँडेकी छिन्। अहिले सामाजिक सञ्जालमा उनको त्यो पोस्ट भाइरल भइरहेको छ। उनको पोस्ट साझा गर्नेले अम्बिका र कुञ्जरको दोस्रो इनिङलाई समाज परिवर्तनको कडीका रूपमा चित्रण गरेका छन्।

कन्यादान गरेर जीवनको मार्गमा साथसाथै हिँड्न बाटो देखाएका छोरीज्वाइँले आफैंलाई अन्माएर नयाँ बाटो हिड्ने प्रेरणा दिएकोमा उनले खुसी ब्यक्त गरेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट