दाङमा बन्द कोठाभित्र दाजुभाइ मृत फेला, कोठा भाडा लाएर घर मालिक कता ?
तुलसीपुर– दाङमा एकै घरका दुई दाजुभाइ बन्द कोठाभित्र मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन्।
तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भएका उनीहरु कोठा भाडामा लिएर वसेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उक्त घरमा मालिक भने नवसेको पाईएको छ।
डीएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार सोमबार साँझ नै उनीहरु एउटै कोठाको दुईटा खाटमा मृत फेला परेका थिए।
शव गनाइसकेकाले उनीहरुको दुई तीन दिनअघि नै मृत्यु भएको अनुमान गरिएको छ। प्रहरीका अनुसार मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा छिन्। उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको तयारी छ।
शवको पोष्टमार्टम गरेपछि मात्रै विस्तृत विवरण आउने पोखरेलले बताए। उनका अनुसार मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान हुन।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप
घाँटी छिनाएर वन हेरालुको बीभत्स हत्याः शव भेटिएको भोलिपल्ट झाडीमा फालिएको टाउको भेटियो, रहस्य अझै गहिरियो

