बल्खुमा प्रहरी र दुर्गा प्रसाईका कार्यकर्ताबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं– काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूहका कार्यकर्ताले प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि झडप भएको छ।

प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेको थियो।

त्यसपछि प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा पनि प्रहार गरेको छ।

यसअघि सोही स्थानमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट