सुत्केरीको मृत्यु भएपछि उत्तेजक समुहले वुटबलको सिद्धार्थ अस्पतालका मेसुलाई कुट्यो

काठमाडौं– बुटवलको दिपनगर स्थित सिद्धार्थ बाल तथा महिला अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथी कुटपिट भएको छ। मृतकका आफन्तले डा. बस्यालमाथि कुटपिट गरेका हुन।

त्यसपछि अस्पतालमा तनाव उत्पन्न भएको छ। मृतकका आफन्तको कुटपिटबाट गम्भीर घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीलाई सोमबार अस्पताल पु¥याइ आईसियुमा भर्ना गरिएको थियो।

सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी भवानीको मंगलबार मृत्यु भएको थियो। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर, शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको जनाईएको छ।

उनका आफन्तले शव बुझिसकेर लैजान लाग्दा अचानक उत्तेजक समुहको भिड अस्पतालमा पसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा तोडफोड भएपछि मृतकका आफन्त अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

उनीहरूले कुर्सी र टेबलका खुट्टा भाँचेर बस्यालको टाउको र छात्तिमा प्रहार गरेको अस्पतालका एक चिकित्सकले जानकारी दिए। विरोधमा अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट