लाईट बालेर खोज्दा पनि सांसद र मन्त्री नभेटिएपछि युवाहरुले प्रशासनमा धर्ना दिने

राजविराज– सप्तरीका युवाहरु बुधबार दिउँसै लाईट बालेर सांसद तथा मन्त्री खोज्न राजविराज बजार निस्किएका छन्।
शिलन्यास भएको दुई वर्ष वितिसक्दा पनि रामराजाप्रसाद सिंह स्वास्थ बिज्ञान प्रतिष्ठानको पुर्वाधार निर्माणको काम सुरु नभएपछि दबाव दिन उनीहरुले सांसद र मन्त्रीको खोजी गरेका हुन।
सप्तरी युथको नेतृत्वमा राज रंगशालाबाट निस्किएका युवाहरुले गजेन्द्र चौक, नेता चौक र आसपासका क्षेत्रमा लाईट बालेर सांसद र मन्त्रीको खोजी गरे। सांसद र मन्त्री कतै नभेटिएपछि उनीहरुले नेता चौकमा कोणसभा गरे।
कोणसभामा युवाहरुले प्रतिष्ठान निर्माणको काम तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरुले भोलि जिल्ला प्रशासन कार्यालयको मुल गेटमा १ घन्टा धर्ना दिने सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले वताए।
सम्बन्धित खबर
प्रतिक्रिया