छोरालाई मेला हेर्न पठाएर बन्चरोले हानेर बुहारीको हत्या, ससुरा पक्राउ
राजविराज– सिरहामा बन्चरोले हानेर बुहारीको हत्या गर्ने ससुरा पक्राउ परेका छन्।
कल्याणपुर नगरपालिका–८ बड्की टोलका ५१ वर्षीय रामअशिष दासलाई पक्राउ गरी सिरहा प्रहरीले आज सार्वजनिक गरेको छ।
रामअशिषले २७ कात्तिकमा घरायसी विवाद हुँदा बञ्चरोले हानेर बुहारी संगिताकुमारी दासको हत्या गरेको प्रहरीले जनाएको छ।
छोरा राजकिशोर मेला हेर्न गएका बेला उनको वुहारीसँग विवाद परेको थियो। सोही क्रममा आक्रोशित भएका उनले बुहारीको टाउकोमा बञ्चरो प्रहार गरेका थिए। संगिताको घटनास्थलमै मृत्यु भएको अनुसन्धानमा खुलेको सिरहाका डीएसपी रविन्द्रराज पाण्डेयले बताए।
बुहारीको हत्यापछि फरार भएका दासलाई १ मंसिरमा पक्राउ गरेको थियो। उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेयले बताए।
प्रतिक्रिया