विप्लवसहितका नेता विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत काठमाडौँले उनीहरू विरुद्ध राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला अदालत काठमाडौँमा ९ असोज ०७६ मा उनीहरु विरुद्ध मुद्दा दायर भएको थियो।
१० मंसिर ०८० को आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ।
अदालतले विप्लवसहित पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीसमेतको नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।
प्रतिक्रिया