विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु
 
													विराटनगर– विराटनगर महानगरपालिका–७ को सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। २ जना सख्त घाइते भएका छन्।
कर्कटपाताको छानो भएको कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको थियो। मृतक मध्ये एक जना विराटनगर–७ का ३० वर्षीय दीपक मण्डल र एकको पहिचान खुल्न सकेको छैन।
मण्डलको उपचारका क्रममा र पहिचान नखुलेकाको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले वताए।
घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनीहरुको ८० प्रतिशत शरीर जलेको छ। आगलागी नियन्त्रणमा आइसकेको छ। आगजनीको कारण भने खुल्न बाँकी रहेको दाहालले बताए।
							प्रतिक्रिया
							
		
	
						
					
 शीर्ष खबर
								शीर्ष खबर 							
 
  
  
  
  
  
  
  
  
  
  
  
 