पानसराले बाटोमै जन्माइन् ३ सन्तान, स्वास्थ्य संस्था पुग्नै नपाई जन्मिए २ छोरी र १ छोरा

बाजुरा– बाजुराको बुढीनन्दा नगरपालिकाकी ३१ वर्षीया पानसरा रोकायाले लगातार तीन वटा वच्चा बाटोमै जन्माएकी छिन्। सुत्केरी बेथा लागेपछि स्वास्थ्य संस्था जाने क्रममा बाटोमै उनका बच्चा जन्मिने गरेका छन्।

बुढीनन्दा–४ कुरूकी पानसराले यो पटक छोरीलाई जन्म दिएकी छिन्। मंगलबार सुत्केरी व्यथा लाग्नेबित्तिकै उनी एक्लै आधारभूत स्वास्थ्य केन्द्र कुरू हिडेकी थिईन। तर, जाँदैगर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिइन्।

स्वास्थ्य चौकी जाँदैगर्दा बाटोमा सुत्केरी बेथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेको उनले वताईन। बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्राव भएकाले बाटोबाट उद्वार गरी उनलाई स्वास्थ्य चौकी लगिएको थियो।

रोकायाका यसअघि एक छोरा र एक छोरी छन्। उनले तीनै सन्तान बाटोमै जन्माएको स्थानीयले वताए। बाजुरामा रोकाया मात्र नभई धेरै आमा बाटोमै बच्चा जन्माउन बाध्य छन्। केही महिना पहिला काँडाकी ३२ वर्षीया उज्जली सुनारले पनि बाटोमै छोरी जन्माएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट