ढाका टोली र राष्ट्रिय झण्डाको अपमान गरेपछि कलाकार जयकृष्ण वस्नेत आलोचित

काठमाडौैं– विमानस्थलमा राष्ट्रिय झण्डा र नेपाली टोपी फालेर हिडेको भिडिओ सार्वजनिक भएपछि नायक जयकिशन बस्नेत अहिले आलोचित भएका छन्। सामाजिक सञ्जालमा उनलाई गाली गर्नेको ओईरो छ।

भीडीओमा उनी विदेश जान ढाका टोपी लगाएर विमास्थलमा पुगेका छ। गलामा खादा लगाएका छन् भने हातमा राष्ट्रिय झण्डा पनि छ। तर, त्यहाँ पुगेपछि उनले टोेपी खोलेर राष्ट्रिय झण्डामा पोको पार्छन र दाहिने साईडमा फालेर हेर्दै नहेरी अघि वढ्न।

यो भिडिओ सार्वजनिक भएपछि राष्ट्रिय झण्डा र टोपीको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा गालीको वर्षा भईरहेको छ। तर, यो भीडीओ यथार्थ नभई एउटा गीतको सुटिङका क्रममा खिचिएको पाईएको छ।

राजनीतिक नेतृत्व व्यक्तिकेन्द्रित हुँदा आमनजनता विदेशिन बाध्य हुने गरेको यथार्थ समेटिएको ‘सेतो रौंः वस्नै देनन् नेपालमा’ गीत सार्वजनिक पनि भएको छ।

टीका पुन, डीआर सुजन, धमै गन्दर्भ र कार्की जीको स्वर रहेको गीतकमा शब्द तथा संगीत डीआर सुजनको छ। डीआर सुजनको निर्देशन रहेको भिडियोमा जयकिशन सँगै देशभक्त खनाल, रामबाबु रेग्मी, भगवती खड्कालगायत कलाकारको अभिनय छ।

भीडीओमा हेर्नुहोस सेतो रौं


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट