ठगी आरोपमा वडा सदस्य नै पक्राउ

पोखरा– पोखरामा ठगी आरोपमा वडा सदस्य नै पक्राउ परेका छन्। कास्की प्रहरीले पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारीसहित ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेका वडा सदस्यसहित पोखरा महानगरपालिका–६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल छन् ।

फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भन्दै पैसा उठाएर दर्ता नगरिदिएको आरोपसहित उनीहरु विरुद्ध १५ जनाले उजुरी दिएका थिए। उजुरीमा १३ हजार ५०० रुपैयाँ लिएको उल्लेख छ।

उनीहरुलाई प्रहरीले कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट