दुई टिपरका बीचमा च्यापिएका सहचालकको एक घण्टा लगाएर उद्वार
घोराही– दाङको घोराही–मुर्कटी सडक खण्डमा एउटा टिपरले अर्को टिपरलाई पछाडिबाट ठक्कर दिँदा च्यापिएका सहचालकको गम्भीर अवस्थामा उद्वार गरिएको छ।
उक्त सडकखण्ड अन्तरगत हर्नौकको ओरालोमा भएको दुर्घटनामा ठक्कर दिने टिपरका सहचालक घोराही उपमहानगरपालिका–३ का १९ वर्षीय अलोक चौधरी दुई टिपरका बीचमा च्यापिएका थिए।
टिपरका बीचमा च्यापिएका सहचालक चौधरीलाई निकाल्न एक घन्टाभन्दा बढी समय लागेको थियो। चौधरीको उद्वार गरी डेढ घन्टापछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको छ।
चौधरीको अगाडिबाट दुवै खुट्टा च्यापिएकाले उद्वार गर्न समय लागेको जिल्ला प्रहरी कार्यालका डीएसपी जनकबहादुर मल्लले बताए। उनका दुवै खुट्टा थिलथिलो भएको मल्लले जानकारी दिए।
घोराही– १ हर्नौकको ओरालोमा रा १ ख २२५४ नम्बर टिपरले अगाडि गुडिरहेको रा १ क १२७४ नम्बरको टिपरलाई बेलुका साढे सात बजे पछाडिबाट ट्रलीमा ठक्कर दिएको थियो। चुन ढुंगा बोकेर झर्दै गरेका टिपर दुवै एकै दिशा घोराहीतर्फ झरिरहेका थिए।