गंगा दाहालको आलोचनापछि सांसद अमरेश सिंहको पीएसओ खोसियो

काठमाडौं– सरकारप्रति आक्रमक अभिब्यक्ति दिदै आएका स्वतन्त्र सांसद अमेरशकुमार सिंहको पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) खोसिएको छ। सांसद सिंहले पीएसओ खोसिएको आरोप प्रधानमन्त्री पुत्री गंगा दाहाललाई लगाएका छन्।

सांसद सिंहले गृह मन्त्रालयबाट नभइ सिधै प्रधानमन्त्रीको निजी सचिवालयको आदेशमा आफ्नो सुरक्षा हटाइएको दाबी गरे। आईतबार विहानै उनले गंगा दाहालका विषयमा फेसवुकमा स्ट्याटस लेखेका थिए। गंगाले ब्यापारीहरुसँग पैसा उठाको उनले आरोप लगाएका थिए।

त्यसको केही समयपछि नै आफनो सुरक्षा फिर्ता गरिएको उनले वताएका छन्। सांसद सिंहका अनुसार, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि यस विषयमा जानकारी दिईएको छैन। श्रेष्ठले सुरक्षाकर्मी हटाउनेबारे कुनै औपचारिक निर्णय नगरेको र हटाइएकोबारे आफूलाई जानकारी समेत नभएको बताएको सांसद सिंहले वताए।

आइतबार बिहान ड्युटीमै खटिएका प्रहरी अधिकृतले ‘मलाई फिर्ता बोलाइयो’ भनेर हिडेपछि आफु आश्चर्यमा परेको सिंहको भनाई छ।

केही साताअघि मापदण्ड विपरित प्रयोग भएका करिब ६० जना नेता तथा पूर्व पदाधिकारीका पीएसओ फिर्ता गरिएको थियो। तर, गृह मन्त्रालयको निर्देशनमा अधिकांश पीएसओ पुनः पठाइएको थियो। सवै पीएसओ पूर्ववत अवस्थामा फिर्ता भएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले बताए।

त्यतिबेला सांसद सिंहको पनि पीएसओ फिर्ता गरिएको थियो। तर, गृहको सिफारिसमा पुनः उनलाई पीएसओ दिइएको छ। डीआईजी कडायतका अनुसार आइतबार सांसद सिंहको पीएसओ फिर्ता भएको छैन्।

सांसद सिंह नेपाली कांगेस छाडेर सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र निर्वाचित भएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट