एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार, एक जना पक्राउ
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि विहिवार धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा आक्रमण भएको छ।
ओलीलाई लेगुवाकै महेश राईले मुक्का हानेका हुन। ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट अघि बढेका राईले ओली नजिकै पुगेपछि मुक्का हानेको प्रहरीले जनाएको छ।
एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र अन्य ब्यक्तिले समातेका थिए। उनले मुक्का हान्नुको कारण खुलेको छैन।
मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका ओली भोजपुरबाट धनकुटा प्रवेश गरेपछि यस्तो घट्ना भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
न्यायमूर्ति प्रधानमन्त्री सुशीला कार्कीले एक दशकदेखि १ करोड भन्दा वढिको सरकारी जग्गा अतिक्रमण गरेको खुलासा

