पैसा नदिएको झोँकमा छोराले हुत्याउँदा ८३ वर्षीय बाबुको मृत्यु
विराटनगर— पाँचथरमा आफ्नै छोराले हुत्याउँदा एक वृद्धको मृत्यु भएको छ। कुम्मायक गाउँपालिका–१ का ८३ वर्षीय चन्द्रमान तामाङको मृत्यु भएको हो।
प्रहरीका अनुसार ४८ वर्षीय छोरा घनेन्द्रले चन्द्रमानसँग पैसा मागेको र नदिएपछि धकेल्दा भित्तामा ठोकिएर उनको मृत्यु भएको हो।
चन्द्रमानको अघिल्लो साँझ दुई जना छोराहरु घनेन्द्र र देवेन्द्रसँग विवाद भएको थियो। चन्द्रमानको मृत्युपपछि दुवै छोराहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर दिवस कुँवरले बताए।
प्रतिक्रिया