परपुरुषसँगको सम्वन्ध थाहा पाएपछि जुत्ताको तुनाले घाँटी कसेर श्रीमतीको हत्या

पोखरा– पोखरामा एक ब्यक्तिले जुत्ताको तुना खोलेर श्रीमतीको घाँटी कसेर हत्या गरेका छन्।
म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम घर भई पोखरा–२९, नौबिसे वस्ने ३६ वर्षीय रत्नबहादुर घर्तीले बुधबार श्रीमतीको हत्या गरेका हुन्। २९ वर्षीय श्रीमती रेखा घर्तीको शव नौबिसेको तोरी बारीमा फेला परेको छ।
रेखाको परपुरुषसँग सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको जनाईएको छ। रत्नबहादुरलाई इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको टोलीले नियन्त्रणमा लिएको छ।
हत्याका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रतिक्रिया