सन्दीपको बलात्कार मुद्दामा फैसला आउँदै, म्यासेज गरेर धम्क्याएको किशोरीद्वारा स्विकार

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गरेकी किशोरीले आफुले लामिछानेलाई जेल हाल्ने धम्कीपूर्ण म्यासेज गरेको इजलाससमक्ष स्विकार गरेकी छिन्।

आफनो ३ मिनेटको भनाई राखेर फैसाल आउनु पूर्व नै उनी अदालतबाट वाहिरिएकी छिन्। प्रत्यक्षदर्शीका अनुसार उनी एक जना पुरुषको मोटरसाईकलमा चढेर हिडेकी छिन्।

इजलासमा दुवै पक्षको बहस सकिएपछि उनले बोल्नका लागि समय मागेकी थिइन्। न्यायाधीश शिशिरराज ढकालले अनुमति दिएपछि उनले करिब ३ मिनेट बोलेको स्रोतले बतायो।

आफूले केही दिनअघि सन्दीप लामिछानेलाई ‘धम्कीपूर्ण’ म्यासेज पठाएको उनले इजलास समक्ष स्वीकारेको स्रोतको भनाइ छ। किशोरीले सन्दीपलाई ‘जसरी पनि जेल हाल्ने’ आशयसहित म्यासेज गरेकी थिइन्।

यस विषयमा आज सन्दीपका वकिलहरुले इजलासमा कुरा राखेका थिए। यही विषयमा उनले प्रष्टीकरण दिँदै उक्त म्यासेज पठाएको स्विकार गरेको जनाईएको छ।

‘हो मैले उसलाई जति एटेन्सन सिक गर्ने हो जेलबाहिर हुँदै गर भनेर म्यासेज गरेको हो’ उनको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो। आफ्नो भनाइ राखेपछि फैसला नहुँदै उनी अदालतबाट बाहिरिएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट