चिडियादहमा ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय ठहरै

रौतहट — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर–५, चिडियादह चोक नजिक ट्यांकरले टेम्पोलाई ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ।

अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले वाग्मतीको नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटो (टेम्पो) लाई सोमबार राती ठक्कर दिँदा गम्भीर घाईते दुवैको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा अटोमा सवार भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ बर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवै अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित बाग्मतीको नुनथर आएका थिए। साँझ टेम्पो चढेर चन्द्रनिगाहपुरतर्फ आउँदै गर्दा ट्यांकरले ठक्कर दिएको थियो।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार टेम्पोमा ६ जना सवार थिए। घटना टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ बर्षिय भुपेन्द्र सहनी घाईते भएका छन्। सहनीको दाहिने हातमा चोट लागेको छ। अटोमा सवार चन्द्रपुर–५ का समिर अन्सारी, गरुडा–६ पोठियाहीका अस्गर देवान र उनकी श्रीमती जवाहिर खातुन घाईते छन्। देवानको मुखमा र अन्सारीको घाँटीमा चोट छ।

खातुनको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ। घाईतेको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ। दुर्घटना लगतै ईलाका प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ। मृतक दुवैको शव नारयाणी अस्पतालमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट