कानेपोखरीको कार्यपालिका वैठकमा एमालेका जनप्रतिनिधिको रत्यौली, अध्यक्ष रमिते

कानेपोखारी– मोरङको कानेपोखरी गाउँपालिकामा जनप्रतिनिधिहरु बीच विवाद वढ्दै जाँदा अपशब्द प्रयोग गरी गालीगलौज र हात हालाहालको अवस्था आएको छ।

केही दिनअगाडि बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष भोला अधिकारी र प्रवक्ता (२ नम्बर वडाका अध्यक्ष) सुशील बुढाथोकीबिच चर्को विवाद भयो। विवादकै क्रममा उपाध्यक्ष अधिकारीले टेबुल तोडफोड गरे।

उनीहरुबीच मुख छोडाछोड र हात हालाहालको अवस्था वनेको एक वडाध्यक्षले बताए। वैठकमा विवादको सुत्रधार भने प्रवक्ता वुढाथोकी देखिए। उनले उपाध्यक्ष नेतृत्वको न्यायीक समितिको कामका विषयमा असन्तुष्टि जनाएर फेसवुकमा पोष्ट गरेका थिए।

वैठकमा कुरा राख्दा पुग्ने विषयलाई फेसवुकमा सार्वजनिक गरेको भन्दै अधिकारीले कार्यपालिका बैठकमा त्यसको प्रतिवाद गरे। तर, वुढाथोकीले वोल्न नदिने आसयले अधिकारीलाई रोक्न खोजे। त्यसपछि विवाद सुरु भयो। त्यस क्रममा अधिकारीले टेवल फुटाएको जनाईएको छ।

जानकारी अनुसार सतहमा विभिन्न विषय आएपनि विवादको जड भने पालिकाको केन्द्र वनेको छ। ०७४ को स्थानीय तह निर्वाचनपछि पालिकाको केन्द्र साविकको वडा नं. ६ मै राख्ने की वडा नं. ५ मा सार्ने भन्ने विवाद सुरु भएको थियो।

अधिकांशले वडा नं. ५ मा सार्नु पर्ने बताए भने उपाध्यक्ष अधिकारी साविककै अवस्थामा राख्ने पक्षमा उभिए। विवाद वढ्दै गयो। बहुमत कार्यपालिका सदस्यले मतदानमार्फत पालिकाको केन्द्र ५ नम्बर वडामा सारे। त्यसपछि उपाध्यक्ष अधिकारी आक्रोशित छन्।

केन्द्र सरेपछि अधिकारी हरेक बैठकमा ढिलो आउने र बैठक सुरु भएपछि ठुलोठुलो स्वरमा अमर्यादित रुपमा प्रस्तुत हुने गरेको प्रवक्ता सुशील बुढाथोकी बताउँछन्। उसो त पालिकामा वहुमत जनप्रतिनिधि एमालेकै छन्।

अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला अधिकारी तथा ७ मध्ये ५ जना वडाध्यक्ष एमालेकै हुन्। कार्यपालिकामा पनि स्वतः एमालेको बहुमत छ। यतिमात्रै होईन, बुढाथोकी एमालेको पालिका कमिटी अध्यक्ष हुन भने अधिकारी पूर्व अध्यक्ष।

तर, स्वार्थ नमिल्दा एउटै पार्टीका नेताहरुले कुकुर र विरालाको ब्यवहार देखाई रहेको जानकारहरु वताउँछन्। एउटै पार्टीका जिम्मेवार नेता र जनताको विश्वास जितेर आएका उनीहरुबीचको टकराव देखेर अन्य पार्टीबाट जितेका २ जना वडाध्यक्ष भने दर्शक जस्तै भएका छन्।

उपाध्यक्ष अधिकारी भने अध्यक्ष राजमति इङ्नामले वैठक आफनो नियन्त्रणमा राख्न नसक्दा विवाद भएको वताउँदै असन्तुष्टि राख्ने क्रममा टेवल फुटेको वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट