सर्लाहीमा प्रहरीको गोली लागि एक जनाको मृत्यु

जनकपुर– सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीले लाएको गोली लागेर घाईते भएका एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रवीण धितालले भने मृतकको पहिचान भैनसकेको बताए।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले भने गोली लागेर मृत्यु भएको हो वा होइन भन्ने नै नखुलेको जनाएको छ।

र, यो पनि

बरहथवाका मेयरको गाडीमा आगजनी, प्रहरीले गोली चलाउँदा एक जना घाईते


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट