बरहथवा घट्नामा सीडीओले हात उठाए, आदेश विना गोली चलेपछि प्रहरीलाई तनाव

सर्लाही– सर्लाहीको वरहथवा घट्नामा सीडीओले हात उठाएपछि प्रहरी समस्यामा परेको छ। प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको घट्नालाई लिएर सीडीओ कोमलप्रसाद धमला पन्सिएका छन्।

सीडीओ धमलाले गोली चलाउने आदेश आफुले नदिएको वताएका छन्। बरहथवा नगरपालिका– ६ मा बनाउन लागेको ५० शैय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो।

झडपका क्रममा प्रहरीको गोली टाउकोमा लागेको भनिएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो। घटना साम्य नहुँदा सर्लाही प्रशासनले कर्फ्यूसमेत जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू जारी गरेको हो।

धमलाले शुक्रबार साँझसम्म पनि गोलीका कारण साहको मृत्यु भएको हो÷होईन एकिन नभएको वताउँदै आएका थिए। अहिले उनी आफूले गोली चलाउने आदेश नदिएको बताउँन थालेका छन्।

प्रहरीले भने अस्पतालको विषयलाई लिएर स्थानीयहरूले मेयर कल्पना कटुवालको घर र गाडीमा आजगनी गर्न लागेपछि गोली चलाउनु परेको दाबी गरेको छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट