अस्पताल विवादमा मृत्यु भएका युवाको श्रद्धाञ्जलीमा बरहथवामा शोक बिदा

सर्लाही– अस्पतालको विवादमा प्रदर्शन हुँदा प्रहरीको गोली लागेर मृत्यु भएका बरहथवा–६ का ३० वर्षिय युवा जयशंकर साहप्रति श्रद्धाञ्जली व्यक्त गर्न बरहथवा नगरपालिका कार्यालयले सोमबार शोक बिदा दिएको छ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालद्वारा हस्ताक्षरित सूचनामा नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ संस्थामा बिदा दिइएको उल्लेख छ।

बरहथवा नगर अस्पताल स्तरोन्नति विवादका क्रममा भएको विरोध प्रदर्शन अन्तर्गत गत शुक्रबार दिउँसो प्रहरीको गोली टाउकोमा लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो। आन्दोलनकारी नेतृत्व, पीडित परिवारसहित सरोकारवाला पक्षहरुबीच ११ बुँदे सहमति भएपछि मृतक साहको शव आइतबार रातिमात्र घटनास्थलबाट उठाएर पोष्टमार्टम गरेपछि परिवारले बुझेका थिए।

मृतक साहको शव नगर परिक्रमा गरी अन्त्येष्टिका लागि बागमती खोलामा लगिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट