अपराधमा पनि राजनीतिः माओवादी नेताको दबाबमा बलात्कार प्रयासका आरोपीलाई प्रहरीले उम्कायो

राजविराज– उदयपुरमा वडाअध्यक्षको चुनाव लडेका माओवादी नेता बलात्कार प्रयासको आरोपमा पक्राउ परेपछि पीडितलाई रातारात होस्टाईल गराएर आरोपीलाई उम्काईएको छ।

जिल्ला प्रहरी कार्यालयमा पीडित स्वयम उपस्थित भएर निवेदन दिँदा समेत प्रहरीले पीडित नै फेला नपरेको भन्दै बलात्कार आरोपी त्रियुगा नगरपालिका १२ का नवीन वन्तावा राईलाई रिहा गरेको हो।

२१ पुसको राती ९ बजे पानी खाने वहाना बनाई स्थानीय एक महिलाको घरमा पसेका राईले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो। सोही निवेदनका आधारमा प्रहरीले राईलाई पक्राउ गर्यो।

तर सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका नेताको दबाबमा राईलाई प्रहरीले छुटाएको आरोप छ। राई गत स्थानीय तहको निर्वाचनमा माओवादीको तर्फबाट त्रियुगा १२ मा वडाध्यक्षका उम्मेदवार थिए।

राई विरुद्ध प्रहरीमा निवेदन परे लगत्तै माओवादीका नेताहरुले पीडितलाई उजुरी नदिन दबाव दिएका थिए। अर्कोतर्फ पक्राउ परेका राईलाई तत्काल छोड्न प्रहरीलाई पनि दबाब दिएको स्थानीयको आरोप छ। पीडितलाई विभिन्न वहानामा उजुरी गर्न नदिएर त्यसैको वहानामा राईलाई उम्काईएको महिला अधिकारवादीहरु वताउँछन्।

उनीहरुका अनुसार हत्या बलात्कार जस्ता अपराधको सूचना पाएपछि प्रहरी आफै निवेदक भएर पनि घट्नाको अनुशन्धान र मुद्दा प्रकृयालाई अगाडि वढाउन सक्छ। तर, प्रहरीले कार्यालय भित्रै मिलापत्र गराउन खोजेको र त्यसमा असफल भएपछि उजुरी रोकेर आरोपीतलाई उम्काएको पाईएको छ।

आईतवार प्रहरी कार्यालय हाताभित्रै भएको छलफलमा पनि आरोपी राई स्वयमले आफू रातको समयमा महिलाको घरमा गएको र उनको हात समाएको सम्म स्विकार गरेका छन्। प्रहरी अधिकारीकै अगाडि उनले आफ्नो कसुर स्विकार गरेपछि पनि प्रहरीले उजुरीको वहाना वनाएर राईलाई छोडेको भन्दै अधिकारकर्मीहरुले गुनासो गरेका छन्। पीडितलाई धाकधम्की दिएर र प्रभावमा पारेर उजुरी दिन नदिई अपराधीलाई उम्काएको भन्दै उनीहरुले प्रहरीमाथि आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले पनि अधिकारकर्मीहरुको कुरालाई पुष्टि गरेका छन्। पीडितले उजुरी नै दिन नआएपछि पक्राउ गरिएका राईलाई छोडिएको उनले वताए। पीडितको निवेदनका आधारमा अनुशन्धान किन अघि वढेन ? भन्ने प्रश्नमा उनले पीडितै नभएकाले छोडिएको दावी गरे।

उजुरी नभई प्रहरीले अनुशन्धान गर्न नसक्ने थापाको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट