दीपिकाले गीतमा दिएको बोल्ड सिनले चर्चामा ‘फाइटर’: ४ करोड वढिले हेरिसके गीत

काठमाडौं– बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला चर्चामा छिन्। बहुप्रतिक्षित नयाँ चलचित्र ‘फाइटर’मा समावेश गरिएको एउटा गीतका कारण उनको चर्चा चुलिएको हो।
‘इश्क जैसा कुछ’ बोलको गीतमा दिएको ‘बोल्ड सिन’को कारण उनी चर्चामा आएकी हुन्। उक्त गीतमा दीपिकाले चलचित्रका मुख्य अभिनेता रितिक रोशनसँग रोमान्स गरेको देखाईएको छ।
३८ वर्ष पुगेकी दीपिकाले सामुद्रिक तटमा बिकनी लगाएर नाचेको दृश्य दर्शकहरुले निकै रुचाएका छन्। भिडियोलाई साढे ४ करोड १७ लाखभन्दा धेरैले हेरिसकेका छन्। यो गीत यतिबेला युटुबको ट्रेन्डिङमा छ।
दीपिकाको बोल्डनेसलाई बलिउडका अरु कुनै अभिनेत्री टक्कर दिन नसक्ने भन्दै कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट गरेका छन्। जति बुढो भए पनि दीपिकाको अदा सधैँ तन्नेरी नै देखिने गरेको उनीहरुको भनाई छ।
‘एक्शन ड्रामा’ जनरामा बनेको चलचित्र ‘फाइटर’ आगामी जनवरी २५ बाट रिलिज हुँदैछ।