बमजनको घरमा हजारका गड्डी, ३ करोड ३० लाख रुपैयाँ बरामद, विदेशी मुद्रा गन्न बाँकी

काठमाडौं– तपश्वीको भेषमा विभिन्न आश्रममा ब्यक्ति हत्या, वेपत्ता र बलात्कार जस्ता अपराध गरेको आरोप लागेका रामबहादुर बमजनको घरबाट प्रहरीले ३ करोड ३० लाख रूपैयाँ नगदै फेला पारेको छ।

अपराधको श्रृंखला मच्चाएका उनको घरमा विदेशी मुद्रा पनि फेला परेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेजनाएको छ। सीआईवीका अनुसार ३ करोड ३० लाख ७५ हजार नेपाली रुपैयाँको हजार–हजारको गड्डी भेटिएको हो। विदेशी मुद्रा भने गन्न बाकी छ।

उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ।

प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए। उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ५ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट