सिरहामा वृद्धको हत्या, कारण वन्यो सीमानाको रुखको हाँगो

लहान– सिराहाको धनगढीमाई नगरपालिका–१ सोनापुरका ६८ वर्षीय हेमप्रसाद यादवको हत्या भएको छ। आफन्तकै कुटपिटबाट मंगलबार उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहका अनुसार हेमप्रसादलाई आफ्नै भाई गंगाप्रसाद र भतिज जिवछले कुटपिट गरेका थिए। निर्धात कुटिएका उनको त्यसैका कारण मृत्यु भएको डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए।

सीमानामा रहेको रुखको हाँगा काट्ने विषयमा दाजुभाइबीच झगडा भएको थियो। झगडा उग्र भएपछि कुटाकुट भएको र दुई जना मिलेर कुटेपछि वृद्धको मृत्यु भएको पाण्डेको भनाई छ।

कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो। वाटैमा उनको मृत्यु भएकाले पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

कुटपिटमा संलग्न बाबुछोरा फरार भएकाले खोजी भइरहेको सिराहा प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट