तपस्वीको वर्कोभित्र अपराधको रक्षा, अरुलाई ज्ञान बाँड्ने बम्जनको योग्यता ५ कक्षा
काठमाडौं– तपस्वीको भेषमा विभिन्न अपराध गरी ५ करोडको ल्याण्डक्रुजर चढ्ने हैसियत बनाएका रामलाल बम्जन अर्थात रामबहादुर बम्जनको शैक्षिक योग्यता पाँच कक्षासम्म मात्र रहेको पाईएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार बाराको रतनपुरीमा जन्मिएका उनले २०६२ सालदेखि आफ्नो पढाई र घर त्यागेका थिए। दुई कक्षा पढ्दा पढ्दै लामा ज्ञान लिन भारतको देहरादून पुगेका उनी २ वर्षपछि घर आएका थिए।
त्यसपछि भने उनी फेरि देहरादूनको गुम्बामा फर्किएनन्। यतै पढ्न थाले। बरु ‘सपनामा देउता’ देखेको भन्दै उनी ध्यान गर्न जंगल छिरे। ‘बोधि श्रवण धर्म संघ’को नामबाट फैलिएको उनको काल्पनिक धर्मको साम्राज्य विस्तार हुँदै गयो।
तपस्याको वर्षदिनपछि रामलालबाट रामबहादुर बम्जन अनि लिटिल बुद्ध भएका उनले ‘धर्म’सँगै अपराधको साम्राज्य पनि फैलाए। उनका श्रृंखलावद्ध अपराधका कुरा यसअघि नै सार्वजनिक भईसकेका छन्। धर्मको वर्कोमा छोपिएको अपराधारको साम्राज्यमा उनी यसरी फसेकी अहिले उनको ध्यानस्थल कारगारको चारकिल्लाभित्र छ।
बम्जन आफूलाई काम, क्रोध, लोभ, मोह नभएको प्रवचन दिन्थे। अन्य धर्मभन्दा माथि रहेको दाबी गर्थे। आफ्नो छुट्टै मैत्रेय धर्म रहको बताउँदै आएका उनी बोधि श्रवण धर्म संघ खोलेर आफ्नो मैत्रेय धर्मलाई प्रचारप्रसार गरिरहेका छन्।
उनी यही संघबाट देश–विदेशमा लोभ, क्रोध, मोह गर्न नहुने प्रवचन दिँदै हिड्छन्। तर उनको जीवन भने उनका अनुयायीले सोचेभन्दा, ज्ञान प्राप्त गरेभन्दा निकै भिन्न छ। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–६ मा उनको चार तले घर छ। मंगलबार उनी यही घरबाट पक्राउ परेका हुन्।
उनी टोयोटाको फर्चुनर गाडी चढ्छन्। प्रदेश–३–०१–०२४ च ६७२९ नम्बरको गाडी तुलाराम भण्डारीको नाममा रहेको भएपनि बम्जन चढ्दै आएका थिए। उक्त गाडी प्रहरीले बरामद गरेको छ।
उनले धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्डक्रुजर गाडी खरिद गर्ने तयारी समेत गर्दै थिए। पनित महर्जनको नाममा ५ करोडमा बुक भएको उक्त ल्याण्डक्रुजर खरिद गर्न बम्जनले ३ करोड रुपैयाँ भुक्तानी दिएको भेटिएको छ।
साथै उनको बुढानिलकण्ठ घरमा जिमखानादेखि आरामदायी बासस्थान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले बम्जन चढ्दै आएको चार वटा मोटरसाइकल, उनले प्रयोग गर्ने आइप्याड ५ वटा, ल्यापटप २ थान र १४ थान मोबाइलसँगै विभिन्न इलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको छ।
र, यो पनि
- – कारागारमा बम्जनलाई छुट्टै खानाः लसुन, प्याज र बेसार दिईएन
- – बम्जनको कुकर्ममा श्रीमतीको साथ, १४ वर्षकी बालिकाको बलात्कारपछि दीपशिखाद्वारा कुटपिट
- – कथित ‘तपस्वी’ बम्जनलाई डेढ बजे राती ल्याईयो सर्लाही, दुई वटा मुद्दा चल्ने
- – ५ करोडको ल्याण्ड क्रुजरमा सयर गर्ने योजनामा थिए बमजन, ३ करोड अग्रिम भुक्तानी
- – हत्या, वेपत्ता र बलात्कारका आरोपी बमजनलाई जिम्मा लिन पूर्वमन्त्री नै सीआईबीमा पुगेपछि…
- – बमजनको घरमा हजारका गड्डी, ३ करोड ३० लाख रुपैयाँ बरामद, विदेशी मुद्रा गन्न बाँकी
- – एक महिनाको आफनै बच्चाका कारण पक्राउ परे विवादित तपस्वी बमजन
- – ४ जनालाई वेपत्ता पारेको आरोपपछि फरार भएका विवादित तपस्वी बम्जन पक्राउ
- – पाँच वर्षदेखि कहाँ हराए तपस्वी रामबहादुर बम्जन, सीआईबी भन्छ– आश्रममै छन्