५ करोडको ल्याण्ड क्रुजरमा सयर गर्ने योजनामा थिए बमजन, ३ करोड अग्रिम भुक्तानी

काठमाडौं– बलात्कार र हत्या आरोप लागेका तपस्वी भनिने रामबहादुर बम्जनले पाँच करोड रुपैयाँ पर्ने ल्याण्डक्रुजर गाडी खरिद प्रक्रिया अघि बढाएको खुलेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार बम्जनबारे पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो।

सीआईबीका अनुसार उनले बौद्ध श्रवण ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा गाडी खरिद गर्न धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीमा तीन करोड नगदै भुक्तानी गरेकोसमेत खुलाएको छ।

त्यस्तै उनले प्रयोग गर्ने गरेको सेतो रंगको टोयटा फर्च्युनर बरामद भएको छ भने क्रस फायर, केटिएम डुक, यमाहा रे जेआर स्कुटरलगायत पनि बरामद भएको प्रहरीले जनाएको छ।

हिजो बुढानिलकण्ठको घरबाट पक्राउ गर्दा त्यहाँ तीन करोडभन्दा बढी नेपाली रुपैयाँ र १७ देशको विदेशी मुद्रा बरामद भएको छ।

अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिीया युआन ५ लाख भन्दा बढी एवम् अष्ट्रेलियन डलर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएको प्रहरीले जनाएको छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट