यात्रु बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु, २ भारतीयसहित ८ जनाको सनाखत

काठमाडौं– दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका १२ मध्ये ८ जनाको सनाखत भएको छ।

२ भारतीय नागरिकसिहत ८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ। बाँकी ४ जनाको सनाखत भएको छैन। सनाखत नभएका चार जना मृतक पुरुष हुन्। उनीहरुको उमेर करिब ३० देखि ४५ वर्ष छ।

मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०/३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका इन्स्पेक्टर उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट राप्ती नदीमा खसेको थियो। बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ। राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ।

दुर्घटनामा २२ जना घाइते छन्।

मृतक र घाइतेहरू 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट