२३ दिनदेखि वेपत्ता माईजु–भान्जा एउटै रुखमा झुण्डिएको भेटिए

तुलसीपुर– दाङको तुलसीपुर नगरपालिका– ३, गोटीखोलाका माइजू–भान्जा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। उनीहरुलाई बुधबार अपरान्ह ४ बजे तुलसीपुर–१३ स्थित सानो बखरियाको जंगलमा मृत अवस्थामा फेला पारिएको हो।

९ पुसदेखि हराएका तुलसीपुर–३ का ३४ वर्षीया बसन्ती थापा (माईजु) र १९ वर्षीय तुलसीराम घर्ती (भान्जा) मृत फेला परेका हुन्। जंगलमा पात टिप्न गएका स्थानीयहरुले उनीहरुलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घट्नास्थल राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्डको करिव एक किलोमिटरभित्र पर्छ। उनीहरु हराएपछि थापाका श्रीमानले खोजीका लागि प्रहरीमा निवेदनसमेत दिएका थिए। बसन्ती २ वर्षदेखि माताको रुपमा काम गर्दै आएकी थिइन्।

उनीहरुले नजिकै खाजा खाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर नवचन्द्र मल्लले जानकारी दिए। उनीहरु हराएको २३ दिन भएपनि शव भने धेरै दिनको नभएको प्रहरीको भनाइ छ।

उनीहरुले सामुहिक आत्महत्या गरेका हुन वा हत्या भएको हो भन्ने एकिन भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट