कपडा व्यापारी नरेश अग्रवाल २ करोड नगदसहित पक्राउ

काठमाडौं– कपडा ब्यापारी नरेश अग्रवाल २ करोड नगदसहित पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो। उनलाई घरबाटै पक्राउ गरिएको हो।

अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ।

अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट