अधिकारीलाई ‘फायर खोलेर’ यस्ता ल्याए बालेन्द्रले आफना लागि नयाँ सारथि
काठमाडौं– कर्मचारी भर्नामा किर्ते गरेको आरोपमा वसन्त अधिकारीलाई ‘फायर’ गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफुभन्दा एक महिना मात्रै जेठा र मुलुककै सवैभन्दा कम उमेरका सहसचिव प्रदीप परियारलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा भित्र्याएका छन्।
स्वतन्त्र उठेर मेयर बनेका ३४ वर्षिय बालेन्द्र साहको जस्तै सफल विगत प्रदीपको पनि छ। ३२ वर्षकै उमेरमा उनी सहसचिव बनेका व्यक्ति हुन्। पर्वत फलेवासका प्रदीप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शाखा अधिकृतको रूपमा कार्यरत थिए। चैत ०७८ मा खुल्ला प्रतिस्पर्धामा सहसचिवमा नाम निकालेका उनले निजामती सेवा सुरु गरेको ११ वर्ष भइसकेको छ।
०६९ सालदेखि नायब सुब्बाका रूपमा निजामती सेवामा प्रवेश गरेका उनले सोही वर्ष शाखा अधिकृतमा भिँडेर नाम पनि निकाले। ०६९ सालमै उनले उपसचिव प्रशासनतर्फ आन्तरिक र खुला दुवैबाट निकाले।
यस कारण फालिए अधिकारी
यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कार्यपालिकाको निर्णय ‘कीर्ते’ गरेको आरोप लागेपछि मेयरले नै उनको कार्यकक्षमा ताला ठोके। तर, घटना भने सतहमा देखिए जस्तो नभएको कर्मचारीहरु वताउँछन्।
उनीहरुका अनुसार अधिकारीले छोराको विवाहमा भिआइपीलाई खुवाइएको भोज खर्चको बिलसमेत महानगरपालिकाबाट भराएको पाईएपछि बालेन्द्रको रिसको सिमा नाघेको हो।
काठमाडौँ महानगरपालिकाले १५ दिनअघि मात्रै करिव २ सय जनप्रतिनिधिसहित कर्मचारीलाई सौराहामा लगेर दुई दिने तालिम दिएको थियो। सोही कार्यक्रमको विलमा अधिकारीले आफ्नो छोराको विवाह भोजको खर्चसमेत जोडेर महानगरपालिकाबाट भराएको कतिपय कर्मचारीले बताएका छन्।
वसन्तका छोराको विवाह पनि १५ दिनअघि नै भएको थियो। विवाह गर्दा जहाँ भिआइपीहरूलाई खुवाइएको थियो, त्यहीं महानगरपालिकाको कार्यक्रम राखेर बिल महानगरपालिकाबाट भराइएको स्रोतको दाबी छ।