लिभिङ टुगेदरमा रहेकी महिलाको हत्या गरी फरार भएका भारतीय नागरिक पक्राउ, ३ महिनामा भेटियो शव
काठमाडौं– काठमाडौंको शोभाभगवतीमा महिलाको हत्या गरी भागेका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
तनहुँको भिमादकी ५१ वर्षिया सफिना मियाँको हत्या गरी भागेका भारतको मोतिहारीका इक्रामउल अन्सारीलाई प्रहरीले कालीमाटीबाट पक्राउ गरेको हो। मृतक महिलाको शव ३ महिनापछि प्रहरीले फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मियाँ र अन्सारी स्वयम्भूमा सरिता गिरीको २ तले घरको भूँईतलामा भाडामा बस्थे। सफिनाका पति विदेशमा थिए। इक्रामहुल अन्सारी पनि विवाहित हुन। दुवै जना काठमाडौं आएर लिभिङ टुगेदरमा बसेका थिए। स्थानीयका अनुसार एक वर्षयता उनीहरूसँगै बस्दै आएका थिए।
इक्रामहुल नियमित मदिरा सेवन गर्थे। यही विषयमा सफिनासँग मतभेद भयो। विवाद बढ्दै जाँदा एक दिन ढोकाको आग्लोले हानेर सफिनालाई मारे। त्यसपछि उनी फरार भएको अनुसन्धानबाट खुलेको छ। इक्रामहुल जीबीएस गर्भेन्टमा कालिगड हुन।
गत भदौमा उनी पैसा लिएर भारत गए। भारतमा रहेका उनी फेरि नेपाल आए र अर्को गार्मेन्टमा काम थाले। उनीहरु बसेको कोठाबाट गन्ध आउन थालेपछी मात्र घटना वाहिर आएको प्रहरीले जनाएको छ। ३ माघमा मियाँको शव शोभा भगवतीमा बन्द कोठाभित्र बरामद भएको थियो।
प्रहरीका अनुसार घरबेटीले समेत मृतक र कोठामा बस्ने व्यक्तिको पहिचान खुलाउन सकेका थिएनन्। ‘प्राविधिक अनुसन्धानबाट मृतक तनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँ रहेको पाइयो।’ काठमाडौं प्रहरी परिसरका एसपी भुपेन्द्र खत्रीले भने।