गृहनगरमा दुई राष्ट्रिय अध्यक्षको प्रतिष्ठाको लडाईः प्रहरीको सुरक्षा घेरामा उपेन्द्र यादव

राजविराज — मधेश प्रदेशका दुई सरकारवादी दलको टकरावका कारण पूर्वउपप्रधानमन्त्री एवम जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रहरीको सुरक्षा घेराभित्र राखेर गृहनगर राजविराज प्रवेश गराईएको छ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको विरोधका कारण उपेन्द्रलाई प्रहरीको सुरक्षा घेराभित्र गृह नगर प्रवेश गराईएको हो। अध्यक्ष यादव राजविराज नगरपालिका–१३, विषहरियामा कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्न आएका हुन। उनले सुरक्षा घेराभित्रै भवनको शिलान्यास गरेका छन्।

गत प्रतिनिधि सभा निर्वाचनमा डा. राउतसँग पराजित भएका अध्यक्ष यादवलाई भवनको शिलान्यास गराउन लागेपछि जनमत पार्टीले त्यसको विरोध गरेको हो। उपेन्द्र यादवलाई चुनाव हराएका राउत त्यसको प्रमुख अतिथी बन्नु पर्ने जनमतका नेता/कार्यकर्ताले माग गरेका थिए।

उनीहरुले कृषि विश्वविद्यालयमा तालाबन्दी समेत गरे। शिलान्यास प्रकरणले मधेश प्रदेशको सरकारमै तरंग उत्पन्न भएको छ। विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री महेश यादवले शिलान्यास स्थगित गर्न हिजै सूचना जारी गरिसकेका छन्।

तर, मुख्यमन्त्री एवम जसपाका नेता सरोजकुमार यादवले मन्त्रीको उक्त कार्यको निन्दा गर्दै आजै भवन शिलान्यास हुने प्रतिक्रिया जनाए। उनले अराजक मन्त्रीलाई आजै सरकारबाट हटाउने प्रतिक्रिया समेत दिएका छन्।

गृहनगरमै दुवै पार्टी अध्यक्षको यो टकरावले संभावित झडप रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेस सांसद सतिश सिंहको नेतृत्वमा जनमत पार्टीका कार्यकर्ताले कार्यक्रमस्थल नजिक प्रदर्शन गरेका छन्। सुरक्षाकर्मीले जनमतका कार्यकर्ताहरुलाई कार्यक्रमस्थल भन्दा २ सय मिटर टाढै रोकेका छन्।

यादवलाई जनमतका कार्यकर्ताले ‘विरोधको ब्यानर’ देखाए। ब्यानरमा ‘सप्तरी जनताको बिरोधका वावजुद गैर कानुनी गैर बैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीको जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्युलाई जनमत पार्टीको तर्फबाट हार्दिक स्वागत गर्दछौं। हामी सप्तरीको शान्ति र सुरक्षाका लागि बाँधिएका छौ’ लेखिएको छ।

ब्यानर देखाउने क्रममा जनमत कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको छ। तर, विरोध गर्ने पक्षभन्दा सुरक्षाकर्मीको उपस्थिती धेरै भएका कारण खासै ठुलो घट्ना भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट