कोशी मेला भर्न सप्तरीमा दिनभर मानिसको घुँईचो, के हो यसको ऐतिहाँसिक पक्ष ?

राजविराज– सप्तकोशीमा स्थान तथा नदी किनारमै खानपिन गरी रमाईलो गरेर हरेक वर्ष वनाउने कोशी मेला (पुषि पुर्णीमा) यस वर्ष पनि विहिवार सप्तरीका विभिन्न स्थानमा मनाईएको छ।

मेला भर्ना विशेष गरी सप्तकोशी नगरपालिकाको ओद्राहा स्थित मेगरिन चुरिया, भारदहस्थित कोशी ब्यारेज, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानमा सर्वसाधारणको भिड लागेको छ।

कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो छ। ओद्राहा तथा कोशी व्यारेजमा सप्तरी, सिरहा, सुनसरी, भारतको पुर्णिया, लौकही, मधुवनीलगायतका जिल्लाहरुबाट कोशी स्नान गर्न सर्वसाधारणहरु आएका छन्।

सवारी साधन सहज रुपमा पुग्न सक्ने ब्यारेज वाहेक चार पांग्रे गाडीको असहजता नभएका स्थानहरुमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको घुइँचो छ।

कृषि मेलाको रुपमा समेत चिनिने यस मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्री अत्याधिक हुने गरेको छ। पुस महिनाको शुक्ल पुर्णिमाका दिन कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह पुन्य मिल्ने जनविश्वास छ।

यस दिन बिहानै कोशी नदीमा नुहाएर मिठोचोखो खाने चलन छ। मेलामा भुजा, च्यूरा, पुरी, तरकारी, जेरीसहितका मिठाईहरु खाने प्रचलन छ। कोशी नदीलाई कौशिकी माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय वुढापाकाहरु वताउँछन्।

उनीहरुका अनुसार यो मेला परापुर्वकालमा १ महिनासम्म लाग्ने गरेको थियो। मंसिर महिनामा खेतमा रहेको धान भित्र्याई सकेपछि एक महिनासम्म लाग्ने मेला समय र परिस्थितिसँगै घटेर एक दिनमा सिमित भएको जानकारको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट