सहकारी प्रकरणमा दोषी प्रमाणित गरेर देखाउन नारायणकाजीलाई रवि लामिछानेको चुनौती

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको बताएका हुन्।

शनिबार बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा प्रश्नहरूको जवाफ दिँदै उनले भने–‘मलाई लागेका आरोपको जवाफ दिएर साध्य हुँदैन। छानबिन गरे हुन्छ सम्बन्धित निकायले, दोषी देखिए कारबाही गरे हुन्छ।’

आरोप लाग्दैमा प्रमाणित भएजसरी बुझ्ने परिपाटी भएको टिप्पणी गर्दै लामिछानेले ‘रास्वपा यस्ता आरोपबाट डराउँदैन।’ भन्दै जवाफ दिए। सहकारी प्रकरणमा आफुले पत्रकार सम्मेलन र सामाजिक सञ्जालमार्फत प्रस्ट पारिसकेको उनको दाबी छ।

लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी पीडितहरुलाई न्याय दिन छाडेर आफूमाथि पूर्वाग्रह साँधेको आरोप लगाउँदै आएका छन्। सहकारी ठगी गरेर भागेकालाई समाएर, उनीहरूको सम्पत्ति जफत गरेर भए पनि पीडितहरूलाई न्याय दिनुपर्ने भन्दै उनले ‘रवि लामिछानेको केही छ कि खोज त’ भनेर गृहमन्त्री श्रेष्ठ आफूप्रति पूर्वाग्रही भई लागेको आरोप लगाउने गरेका छन्।

‘रवि लामिछानेलाई कसरी बदनाम गराउने र कसरी थुन्ने भनेर पछि नलाग्नुस’ उनले गृहमन्त्रीलाई भनेका छन्, ‘मलाई दोषी प्रमाणित गर्न सक्दैन सक्दैनन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट