अपाङ्गता भएकी १३ वर्षीया बालिका बलात्कार गर्ने विद्यालयका कर्मचारी पक्राउ
नवलपुर– अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्वी नवलपरासीको नवलपुर देवचुलीको एक विद्यालयका कर्मचारी पक्राउ परेका छन्।
जनज्योती नमूना माध्यमिक विद्यालयमा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा सोही विद्यालयको आया पदमा कार्यरत ५८ वर्षिय रुक्मागत न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।
बलात्कारपछि घटना गाउँमै मिलापत्र गराउन निकै प्रयास भएको खुलेको छ। स्थानीयले पटक पटक पीडित पक्षका आफन्तहरुसँग छलफल गरे पनि कुरा नमिले पछि घटना प्रहरीसम्म पुगेको हो।
जिल्ला प्रहरी कार्यालयमा बालिकाका बुबाले न्यौपाने विरुद्ध जाहेरी दिएका छन्। जाहेरी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो। बलिकामा सुनाइ सम्बन्धि अपाङ्गता भएको जनाईएको छ।
न्यौपानेलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला अदालत नवलपुरबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए।
यस्तो जघन्य अपराधलाई मिलोमतोमा साम्य पार्न खोज्नेलाई पनि कार्वाही को दायरा ल्याउनुपर्छ। । हामि सुनाई सम्बन्धि अपांगता भएका व्यक्तिहरू समाजबाट धेरै पिडित छौँ। पत्रकार महोदयले विशेष साथ दिनुहोला।