रङ्गविरङ्गका र फरक स्वादका काउली फलेपछि लहानका रतनको खेतमा हेर्नेको घुँईचो

लहान– सिरहाको लहान नगरपालिका—२४ मा गुलाबी र पहेँलो रङ्गको काउली फलेपछि हेर्नेको घुईचो लागेका छ। किसान रतन साहको खेतामा विभिन्न रङ्ग र फरक स्वादका काउली फलेका छन्।
रतनले गुलाबी र पहेँलो रङ्गमा फरक स्वादको काउली उत्पादन गरेपपिछ हेर्न अहिले घुइँचो लागेको स्थानीयले बताए। सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा फरक रङ्गका काउनले देखेपछि फर्केर आफुले पनि त्यो प्रयास गरेको रतन बताउँछन्।
उनले स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए। परीक्षणका लागि पाँच धुर जग्गामा लगाएको काउलीको उत्पादन राम्रो भएको उनी सुनाउँछन्। बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने उनको सोच छ।
उनको खेतमा अहिले एक किलोसम्मको काउली फलाएका छन्। ‘यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पु¥याउनसाथ बिक्री हुन्छ’ उनले भने–‘अव अझै धेरै काउली उत्पादन गर्ने विचारमा छु ।’ उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका छन्।
खेतमा रङ्गिन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए। यो जातको काउलीको बीउको मूल्य भने अन्य जातको भन्दा करिब पाँच गुणा बढी रहेको रतन बताउँछन्।