परपुरुषसँग फसेर डिभोर्स माग्न थालेपछि प्रहरी हवल्दारले दागे श्रीमतीको छातीमा ३ गोली

काठमाडौं– गत विहिवार वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान २६ वर्षिया धनमाया थापा मगरमाथि उनकै पति प्रहरी सहायक हवल्दार ३५ वर्षिय यमबहादुर झाँक्रीले गोली हानी हत्या गरेको घट्ना विवाहेत्तर सम्वन्धले निम्त्याएको दुर्घटना भएको खुलेको छ।

पत्निलाई गोली हान्नु अघि झाँक्रीले लेखेको पत्रमा धनमायाँ अर्का एक युवक (…. खत्री) सँग सम्वन्धमा रहेको उल्लेख छ भने प्रहरीको अनुसन्धानले पनि उनीहरुको विवाहेत्तर सम्बन्धकै कारण गोली प्रहारको भएको देखाएको छ।

लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायतले घरायसी कारणले नै झाँक्रीले पत्निलाई गोली हानेको देखिएको बताएका छन्। अनुशन्धानका क्रममा प्रहरीले फेला पारेको पत्रमा उनले पत्निको परपुरुषसँगको सम्बन्धका कारण आफ्नो घरबार भत्किएको उल्लेख गरेका छन्।

‘त्यो केटा मेरो बूढी बिदामा बस्दा कोठामा आउने जाने गरिरहँदो रहेछ। मैले थाहा पाएपछि उनीहरुले अब यस्तो नगर्ने सहमति पनि भएको थियो’ उनले लेखेका छन्–‘केही दिन चुप लागेर बस्नुपर्छ भन्दै मलाई मेरो बूढी र त्यो केटा मिलेर अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा हालेको रहेछ।’

पत्रमा उनले अर्को जुनीमा पनि श्रीमान–श्रीमतीको रुपमा रहन पाइयोस् भन्ने कामना गरेका छन्। ‘यो जन्ममा तिमी र म बूढाबूढी भएर ७ वर्षमात्र बाँच्न सफल भयौँ। तर अर्को जन्ममा तिमी र म नै बूढा बूढी भएर सय वर्ष सँगै बाँच्न पाउँ बूढी ।’– उनले लेखेका छन्।

पत्रमा आफूले अघिल्लो श्रीमतीलाई डिभोर्स दिएर धनमायालाई अँगालेको उल्लेख गर्दै अहिले उनले नै बाटो बिराउँदा आफू घर न घाटको भएको गुनासो छ्। धनमायाले आफुसँग छुट्टिनका लागि डिभोर्स पेपर दर्ता गराएको पनि उनले पत्रमार्फत नै जनाएका छन्।

‘मेरो छोरीको भविष्य बर्बाद बनाउन खोज्दैछन्। त्यसैले त्यो देउतीबजैको मन्दिरमा खाएको कसम सम्झिँदै यो निर्णय लिन बाध्य भएको छु’ झाँक्रीले पत्रमा लेखेका छन्।

सुर्खेतको पञ्चाकुमारी नगरपालिका–९, विद्यापुर माईती भएकी थापामाथि दाङको घोराही घोराही स्थित दामोदर चोकमा ड्युटीमा रहेकै बेला लगातार ३ राउण्ड गोली प्रहार भएको थियो। सुरूमा उनलाई गोली हान्ने को हो भन्ने नखुलेपनि केही समयपछि नै झाँक्रीको पहिचान भएको थियो।

गोली हानेर भाग्दै गर्दा झाँक्री लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ परेका थिए। प्युठानको नौबहिनी गाउँपालिका–४, खवाङ घर भई बाँकेको नेपालगञ्जस्थित तालिम केन्द्रमा कार्यरत झाँक्रीले बाँकेबाट दाङ पुगेर ड्युटीमा रहेकी पत्निलाई गोली प्रहार गरेको पाइएको छ। उनी बिहीबार बेलुका साढे ८ बजेतिर मोटरसाइकल चढेर दामोदर चोक पुगेका थिए।

उनको साथबाट लोड रहेको बेरेटा नाइन एमएम पेस्तोल १ थान तथा त्यसमा लाग्ने म्यागेजिन र ७ राउन्ड गोलीसमेत बरामद भएको थियो। झाँक्री नेपालगन्ज तालिम केन्द्रका जुडो प्रशिक्षक (रननर) का रुपमा कार्यरत थिए। उनले तालिम केन्द्र भित्र जुडो प्रशिक्षणसँगै अन्य आवश्यकीय कामकाज हेर्दै आएका थिए। उनले १५ दिन अघि जिन्सीमा कार्यरत हवल्दारसँगको व्यक्तिगत सम्बन्धका आधारमा पेस्तोल लिएको पाईएको छ।

पेस्तोल र पेस्तोल लिएका झाँक्री गत २ फागुनमा बिदामा निस्किए। त्यो बेला हतियार दिएका जिन्सीका हबल्दारले उनलाई हतियार बुझाउन भनेका थिए तर झाँक्रीले आफूले बाकसमा ताल्चा लगाएर राखेको भन्दै नआत्तिन भनेका थिए। तर उनी दुई गते नै सोही हतियार बोकेर दाङ पुगेको पाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट