अर्को केटीलाई गर्भवती बनाएको आरोपपछि श्रीमती विरुद्ध नै उत्रिए म्याकुरी, को हुन गर्भवती युवती ?

काठमाडौँ– हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ को वैवाहिक जीवनमा उतारचढाव आएपछि अहिले सामाजिक सञ्जाल तातिएको छ। श्रीमती सुम्निमा खालिङले आफुमाथि हिंसा भएको आरोप लगाएकी छिन्।

म्याकुरीले भने आफुले सुम्निमामाथि हिंसा नगरेको बताएका छन्। उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफुलाई श्रीमतीले पीडित बनाएको आरोप लगाए। बुधबार साँझ पत्रकार सम्मेलन गर्दै उनले श्रीमतीबाट आफुले दुःख पाएको गुनासो गरे।

श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर लगाएको आरोपको समेत उनले खण्डन गरे। ‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्न छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ। बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’ उनले यसका लागि आफूले औषधि पनि सेवन गरेको सुनाए।

सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमण लगायतको क्रियाकलाप गर्ने गरेको उनले बताए। उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकारे। परपुरुषसँगको निकटता थाहा पाएपछि आफूले सुम्निमासँग डिभोर्स मागेको उनको भनाई छ।

सुम्निमाले बाहिरका अन्य मानिसहरूको उक्साहटमा आफू माथि आक्रमक गरेको भन्दै उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत गरेको बताए। ‘मेरो जिन्दगीलाई बरबाद बनाउन खेल भइरहेको छ’– उनले भने।

सुम्निमाले आफुलाई पवनले श्रीमतीको रूपमा घरमा नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी छिन्। उनले मिडियामा अन्तर्वार्ता दिदै आफू हुँदा हुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको आरोप लगाएकी थिइन्।

पवले भने सुम्निमाको उक्त कुराको खण्डन गरे। अढाई वर्षदेखि आफू श्रीमतीबाट पीडित भएको पवनको दाबी छ। पवन भन्छन्, ‘सुम्निमाले आरोप लगाएअनुसारका गल्तीका प्रमाण भेटिएको खण्डमा सजाय भोग्न तयार छु।’

सम्बन्ध विच्छेद गर्न सुम्निमाले आफूलाई परस्त्रीसँग सम्बन्धमा रहेको झुटो लाञ्छना लगाएको पवनको आरोप छ। उनले आफू १ वर्षदेखि श्रीमतीसँग नबसेको दाबी पनि गरेका छन्। कलाकार खतिवडाले सिक्किमकी सुम्निमा खालिङ राईसँग असोज ०७८ मा अन्तरजातीय विवाह गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट