कुशको शव जलाउने क्रममा २ जना मलामी जलेर घाईते

काठमाडौं– तनहुँमा चीता जलाउने क्रममा जलेर शुक्रबार २ जना मलामी घाईते भएका छन्। देवघाट गाउँपालिका–२ दराइटारमा यस्तो घट्ना भएको हो।

स्थानीय ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भएपछि कालीगण्डकी नदी किनारमा दाहसंस्कार गर्ने क्रममा जलेर देवघाट गाउँपालिका–२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाईते भएका हुन।

धार्मिक परम्पराअनुसार दोमासे परेको भन्दै कुशको शव बनाइ चितामा चढाईएको थियो। कुशको चिता जलाउन पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ।

पेट्रोल छर्किने वित्तिकै निस्केको आगोको लप्काले उनीहरुलाई भेट्टाएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले बताए। घाइते दुवैको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट