मन्त्री चौधरीले अन्तिम समयमा किन रद्द गरिन न्युयोर्क भ्रमण?

काठमाडौं– संयुक्त राष्ट्र संघको आयोजनामा आगामी सोमवार र मंगलबार न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमनझको ६८ओैं सत्रमा भाग लिन जाने तयारीमा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफनो भ्रमण रद्द गरेकी छिन्।
भ्रमणका लागि २४ फागुनमा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री चौधरीको भ्रमण स्थगित गरेकी हुन। मन्त्री चौधरी न्युयोर्क जाने कार्यक्रम तय भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण रोकिएको बताइएको छ। मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्याल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ।
प्रतिक्रिया