पठाओ चालक किशोरीको सेवाग्राहीसँग प्रेमः परिबन्धमा पारेर बलात्कार गरेको उजुरी
काठमाडौं– काठमाडौंमा पठाओ चलाउँदै आएकी एक किशोरी आफनै प्रेमी विरुद्ध बलात्कारको उजुरी बोकेर प्रहरी कार्यालय पुगेकी छिन्।
विदेश जाने तयारीका गाउँबाट काठमाडौं आएकी ती किशोरीले विदेश नजाउञ्जेल केही काम गर्ने सोचेर पठाओ चलाउँदै आएकी थिईन। त्यही क्रममा सेवाग्राहीसँगै उनी प्रेममा परेको खुलेको छ।
किशोरीका अनुसार प्रेमीले उनलाई ‘आफ्नो क्यानडाको भिसा लागेको’ भन्दै डिपेन्डेन्टमा जाने प्रस्ताव गर्दै त्यसका लागि १० लाख रूपैयाँ सहयोग गर्न भनेका थिए। प्रेमीको प्रश्तावपछि विभिन्न मितिमा आफुले मागे जती नै पैसा दिएको तर, त्यसपछि उसले आफुलाई धोका थिएको किशोरीको दावी छ।
पैसा लेनदेन भएपछि नियमित भेटघाट भईरहेको र एक दिन युवकले आफुसँग शारीरिक सम्बन्धका लागि प्रश्ताव गरेको किशोरीले बताएकी छिन। आफुले विवाहपछि मात्र सम्वन्ध राख्ने वताएपछि ‘क्यानडा पनि लान्न, पैसा पनि दिन्न’ भन्दै युवकले धम्क्याएको उनको गुनासो छ।
त्यसपछि पैसा डुब्ने डरले आफू शारीरिक सम्बन्धका लागि तयार भएको पनि किशोरीले बताएकी छिन्। पहिलो पटकको शारीरिक सम्वन्धमा आफ्नो नग्न फोटो र भिडिओ खिचेर ब्ल्याकमेलिङ गर्दै पटक–पटक सम्वन्ध राखेको उनको दावी छ। अन्तिम पटक पैसा फिर्ता गर्ने भन्दै १ पुसमा आफ्नै डेरामा बोलाएर शारीरिक सम्बन्ध राखेको उनको भनाई छ।
जाहेरीपछि पक्राउ परेका उनका प्रेमीले भने किशोरीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको र ७ लाख २० हजार रूपैयाँ नगदै लिएको स्विकारेका छन्। किशोरी आफैले १० लाख सहयोग गर्छु भनेको र त्यसमध्येको ७ लाख २० हजार रुपैयाँ आफुले लिएको उनको भनाई छ।
चेक बाउन्सको उजुरी गर्न काठमाडौं प्रहरी परिसर जाँदा किशोरीसँग चिनजान भएको उनले बताएका छन्। ‘म वैदेशिक रोजगारीमा जान काठमाडौंमा बसेर तयारी गरिरहेको थिए। त्यसै बेला रेस्टुरेन्ट व्यवसाय सुरू गर्ने भन्दै एक व्यक्तिले मसँग ८ लाख रूपैयाँ लिए तर फर्काएनन्’ उनले प्रहरीसँग भनेका छन्–‘पैसा फिर्ता गर्नुपर्ने ब्यक्तिले खातामा पैसा नभएको चेक दियो। त्यसैक्रममा उजुरी दिन पठाओ गर्नेक्रममा किशोरीसँग भेट भएको हो।’
त्यसपछि किशोरीले नै आफैलाई सम्पर्क गरेको, कुराकानीका क्रममा विदेश जाने तयारी भईरहेको विषय पनि खुलेको र आफूले क्यानडा जान आईईएलटीस गरिरहेकाले डिपेन्डेन्टमा लैजान प्रस्ताव गरेको उनको भनाइ छ।
क्यानडा जान २५ लाख रूपैयाँ लाग्छ भनेपछि उनी आफैले १० लाख रूपैयाँसम्म सहयोग गर्छु भनेर उपलब्ध गराएको युवकको भनाई छ। उनले अहिले पनि आफूहरु प्रेम÷प्रेमीका भएको दावी गरिरहेका छन्।
किन आयो समस्या ?
पठाओ चालक किशोरीले बलात्कारको उजुरी दिँदा प्रेमी भनिएका युवकसँग दुईवटा नागरिकता भएको खुलाएकी छिन्। प्रहरीको अनुशन्धानका क्रममा पनि युवकले २ वटा नागरिक्ता बोकेको फेला परेको छ।
युवकसँग भएका दुई वटा नागरिक्ता नै उनीहरुको सम्वन्धमा तिक्तता ल्याउने कारण हुन सक्ने प्रहरी अधिकारीहरुको अनुमान छ। प्रारम्भिक अनुशन्धानमा प्रेमी भनिएका युवक दलित भएको खुलेको छ। तर, त्यो कुरा उनले प्रेमिकाबाट लुकाएका थिए।
पैसा लेनदेनका क्रममा किशोरीले प्रेमी दलित भएको थाहा पाएपछि उनीहरुको बीचमा फाटो आएको अनुमान गरिएको छ। आफू दलित भएको कुरा किशोरीलाई थाहा हुन नदिन आफुले साइबरमा गएर नागरिकता एडिट गरी गैरदलित बनाएको किशोरले आफै स्विकारेका छन्।
आर्थिक कारोबार नमिलेपछि मिलाउन खोज्दा चेक देखेर किशोरीले आफनो वास्तविक परिचय चाल पाएको उनले बयानका क्रममा प्रहरीलाई बताएका छन्।