बलिउड सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना, एन्जियोप्लास्टी गर्ने तयारी

काठमाडौं– बलिउड सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। एन्जियोप्लास्टी गर्न बच्चन अस्पताल भर्ना भएको खुलेको छ।

मुटुमा रक्तसञ्चार गर्ने धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टी गरिन्छ। ८१ वर्षीय बच्चन शुक्रबार बिहान ६ बजे मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएको भारतीय सञ्चार माद्यमले जनाएका छन्।

औषधि सेवन गर्दा पनि रक्तसञ्चार प्रकियामा सुधार नभएपछि एन्जियोप्लास्टी गर्ने गरिन्छ । एन्जियोप्लास्टीले धमनीलाई चौडा बनाएर रक्तसञ्चार प्रक्रियालाई सहज बनाउँछ।

बच्चन ‘ठग्स अफ हिन्दोस्तान’ को सेटमा घाइते भएका थिए । सन् २०१८ को फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा एक एक्सन दृश्य गर्दा उनको काँधमा चोट लागेको थियो । यद्यपि, यो चोट गम्भीर थिएन।

उनलाई बडी डबल प्रयोग गर्न सल्लाह दिइएको थियो। तर, उनले दृश्य आफैँ गर्ने निर्णय गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट