गोठमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु
राजविराज– भोजपुरमा शनिवार साँझ भएको आगलागीमा परी एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ।
हतुवागडी गाउँपालिका–७ का रमेश कार्कीको गोठमा आगलागी हुँदा उनका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो।
प्रहरीका अनुसार बालबालिका खेलिरहेका थिए। गोठमा आगो सल्किएपछि भाग्न नसकेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय घोरेटारले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले घट्नाको विस्तृत अनुशन्धान भईरहेको वताए।
प्रतिक्रिया