घर आगलागि हुँदा १ लाख नगद जल्यो, निकाल्न जाँदा जलेर घर मालिक सिकिस्त
काठमाडौं– काभ्रेको महाभारत गाउँपालिका २ मुलडाँडामा आगलागी हुँदा घरमा रहेको पैसा झिक्न जाने क्रममा एक ब्यक्ति गम्भिर घाईते भएका छन्।
पैसा झिक्ने जाने क्रममा ४१ वर्षीय सञ्चार घिसिङ (दनुवार) आगलागीमा परेर घाइते भएका हुन्। उनी घरका मालिक हुन।
ढुङ्गा माटोको गारो र जस्ताले छाएको घरमा शनिबार एक्कासी आगलागी भएको थियो। आगलागीबाट लत्ता कपडा, अन्नपात, फर्निचर, भाँडाकुँडा र नगद १ लाख ५ हजार जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कर्यालय काभ्रेका अनुसार घरमा आगो दन्किरहेका बेला नगदसहितका सामान झिक्न जाने क्रममा घिसिङ जलेका हुन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। हाल उनको धुलिखेल अस्पताल उपचार भइरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल
टीओबी समूहका तेन्जिन दावा प्रहरी अनुशन्धानको केन्द्रविन्दुमा, लागुऔषधदेखि हिंसात्मक उपद्रवसम्मको तीनवटा मुद्दा

