रुसको मस्कोस्थित एक कन्सर्टमा गोली चल्दा ६० जनाको मृत्यु
काठमाडौं– रुसको मस्कोस्थित पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्टमा गोली चल्दा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएका छन्।
शुक्रबार राति कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली चलेको थियो। घट्नामा विस्फोटक पदार्थ पनि प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
कन्सर्टमा ५ जना बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए। उनीहरु कन्सर्टअघि हलमा भेस बदलेर पुगेका थिए।
हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ। घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन्। मस्कोको सबैभन्दा लोकप्रिय मध्ये एक रहेको उक्त कन्सर्ट हलमा ६ हजार २ सय मानिस अटाउन सक्ने क्षमता छ।
इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ। यसको पुष्टि भने भएको छैन।
यो घट्नालाई रुसी मानव अधिकार आयोगले ‘आतंकवादी हमला’ भनेको छ।
लोकप्रिय
ताजा अपडेट
बालेनको ‘घण्टी शो’ राजनीतिबीच झापामा रास्वपा कार्यालय तोडफोडः माला हुत्याएको प्रकरणले समर्थकको मन अमिलो
