रुसको मस्कोस्थित एक कन्सर्टमा गोली चल्दा ६० जनाको मृत्यु

काठमाडौं– रुसको मस्कोस्थित पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्टमा गोली चल्दा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएका छन्।

शुक्रबार राति कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली चलेको थियो। घट्नामा विस्फोटक पदार्थ पनि प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

कन्सर्टमा ५ जना बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरेका थिए। उनीहरु कन्सर्टअघि हलमा भेस बदलेर पुगेका थिए।

हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ। घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन्। मस्कोको सबैभन्दा लोकप्रिय मध्ये एक रहेको उक्त कन्सर्ट हलमा ६ हजार २ सय मानिस अटाउन सक्ने क्षमता छ।

इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ। यसको पुष्टि भने भएको छैन।

यो घट्नालाई रुसी मानव अधिकार आयोगले ‘आतंकवादी हमला’ भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट