होली खेलेर नुहाउन सुनकोसीमा पसेका २ बालक र १ बालिका बेपत्ता
उदयपुर– होली खेलेर सुनकोसी नदीमा नुहाउन गएका उदयपुरको त्रियुगा नगरपालिका–१४, साउनेका ३ जना जना बालबालिका बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाका अनुसार साउनेका ८ वर्षीय लोकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर बेपत्ता भएका हुन्।
होली खेल्दै हिडेका बालबालिकाको एउटा समुह खेल्दैखेल्दै साउनेको धाप्लाङघाटमा पुगेको थियो। त्यसपछि उनीहरु नुहाउन भन्दै कोसीमा पसे। पौडिन नसकेर उनीहरु नदीमा डुवेको एसपी थापाको भनाई छ।
उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई भने स्थानीयले उद्धार गरेका छन्। बेपत्ता भएका बालबालिकाहरूको खोजी भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

